पर्वत। पर्वत सदरमुकाम कुश्माबजार ५ दिनदेखि अन्धकार बनेको छ । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको विद्युत लाइन काटिदिएपछि अन्धकार बनेको हो।
प्राधिकरणले लामो समयदेखि विद्युत बक्यौता रकम नतिरेको भन्दै सडक बत्तीको विद्युत लाइन काटिदिएको हो। विद्युत बक्यौता नतिरेपछि प्राधिकरण पर्वत वितरण केन्द्रले कुश्मा नगरपालिकाअन्तर्गतका सबै सडक बत्तीको विद्युत लाइन गत सोमबार काटिदिएको थियो।
नगरपालिकाले २०७५ देखि सडक बत्ती, नगरपालिकाअन्तर्गत रहेको प्रहरी बिट, स्वास्थ्य एकाइलगायत ठाउँको महसुल नबुझाएपछि लाइन नै काट्नुपरेको वितरण केन्द्रले जनाएको छ।
नगरपालिकाले ७४ लाख २० हजार रुपैयाँ विद्युत बक्यौता रकम प्राधिकरणलाई बुझाउन बाँकी छ ।