काठमाडौं। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोलपम्प चौबीसै घण्टा खुला हुने भएको छ। गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि बुधबारदेखि प्रहरीले चलाएका पेट्रोल पम्प चौबीसै घण्टा खुला गर्न थालिएको हो।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको गृह मन्त्रालयले जनाएको छ।
नेपाल प्रहरीले प्रधान कार्यालय नक्सालमा र सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् ।