काठमाडौं। ताप्लेजुङको फक्तालुङ तथा मिक्वाखोला गाउँपालिका र फुङलिङ नगरपालिकामा निर्माण भएको ७३ मेगावाटको मध्यतमोर जलविद्युत् आयोजनाको संरचनाहरूको परीक्षण कार्य भइरहेको छ ।
निर्माण सम्पन्न भएको यस आयोजनाको संरचनाहरुको पालैपालो परीक्षण कार्य भइरहेको हो।
सानिमा हाइड्रो समूहको सहायक सानिमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडले निर्माण गरेको आयोजनाको सिभिल निर्माणको काम सम्पन्न गरी फागुनदेखि नै बाँध, इन्टेक, गेट, डिस्याण्डर, सुरुङ, विद्युत्गृतह लगायतका संरचनाको परीक्षण भइरहेको आयोजनाले जनाएको छ।
करिब १३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजनाबाट वार्षिक ४२९.४०९ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।