काठमाडौं। ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले आगामी ४ महिनामा ५ सय मेगावट विद्युत् उत्पादन हुने दाबी गरेका छन्। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा ऊर्जामन्त्री बस्नेतले संघीयता र गणतन्त्र आएपछि ऊर्जा क्षेत्रमा तुलनात्मक रूपमा बढी विकास भएको भन्दै आगामी चार महिनाभित्र पाँच सय मेगावट विद्युत् उत्पादन हुने दाबी गरेका हुन्।
उनले १९६८ सालदेखि २०४६ सालसम्म २५० मेगावाट, २०४७ देखि २०६३ सम्म ५०० मेगावाट जलविद्युत उत्पादन भएकोमा ०६४ देखि हालसम्म २९ सय मेगावाट विद्युत् उत्पादन गरेको र नेपालमा सकारात्मक रूपमा विकास भइरहेको बताए।
मन्त्री बस्नेतले भने, ‘अहिले २९ सय मेगावाट विद्युत् उत्पादन भएको छ । अबको तीन देखि चार महिना भित्रमा हामी अर्को ३४ देखि ३५ सय मेगावट विद्युत् पुर्याउँदै छौँ । त्यसमा ८ सय मेगावाट घटाउने हो भने पनि गणतन्त्र स्थापना पछि मात्रै देशमा २८ सय विद्युत् उत्पादन भैसकेको छ।’
नेपालमा ऊर्जा विकासको तत्थांकलाई हेर्दा अहिले सबैभन्दा धेरै ऊर्जा उत्पादन भएको मन्त्री बस्नेतको दाबी छ। उ