काठमाडौं। धादिङ जिल्लाको खनियाँबास गाँउपालिकामा ४.५ मेगावाटको गशली खोला जलविद्युत् आयोजना निर्माण गरिने भएको छ । हिमशीला पावर कम्पनी लिमिटेडले खनियाँबास गाँउपालिका हुँदै बग्ने गशली खोलामा जलविद्युत् आयोजना निर्माण गर्ने भएको हो।
आयोजनाको उत्पादन अनुमतिका लागि निर्माण कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिएको छ। विभागले आयोजनाको नाममा अनुमतिपत्र जारी गर्न अन्तिम चरणको काम गरिरहेको छ ।
विभागले आयोजना निर्माण गर्दा पर्न सक्ने उल्लेखनिय प्रतिकुल असरबारे सरोकारवालासँग राय सुझाव मागेको छ । इच्छुक सरोकारवालाले सूचना जारी भएको ३५ दिनभित्र आफ्नो रायरसुझाव विभाग तथा कम्पनीको कार्यालय समक्ष पेस गर्नुपर्नेछ ।
आयोजनाको काम आगामी २०८४ बैशाख ३० गतेभित्र सम्पन्न गरी विद्युत् उत्पादन गर्ने कम्पनीको लक्ष्य छ।