काठमाडौं। मर्स्याङ्दी जलविद्युत् आयोजनाका लागि २४ जना प्राविधिक माग गरिएको छ। लमजुङ जिल्ला भुलभुलेमा निर्माणाधीन ५० मेगावाटको आयोजनामा खटाउनका लागि २४ प्राविधिक माग गरिएको हो।
सिनो हाइड्रो–सगरमाथा पावर कम्पनी प्रालि अन्र्तगत निर्माणाधीन आयोजनामा खटाउन कम्पनीले विभिन्न विभागका लागि ५ जना ‘टिम लिडर’ माग गरेको छ । मर्मत विभागका लागि १, निरक्षण विभागका लागि २ र सञ्चालन विभागका लागि २ जना ‘टिम लिडर’ माग गरेको हो ।
मर्मत र सञ्चालन विभागमा काम गर्नका लागि मेकानिकल÷इलक्ट्रिकल इन्जिनियरिङमा स्नातक, निरक्षण विभागका लागि भने इलेक्ट्रिकल इन्जिनियरीङमा स्नातक गरेको हुनुपर्ने छ । यी सबैका लागि सम्बन्धित क्षेत्रमा ४ देखि ५ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।
मर्मत विभागका लागि थप ६ र सञ्चालन विभागका लागि पनि थप ४ जना प्राविधिक आवश्यक परेको कम्पनीले जनाएको छ। यसैगरी ८ जना सञ्चालक मागेको छ । यसका लागि सम्बन्धित विषयमा ३ देखि ४ वर्ष कार्यानुभव भएको र चिनियाँ तथा अग्रजी भाषामा सक्षम हुनुपर्ने उल्लेख गरिएको छ।
स्वस्थ्य सुरक्षा तथा वातावरण विभागका लागि १ जना चिकित्सक माग गरिएको छ। यी सबैका लागि चिनियाँ तथा अंगे्रजी भाषामा सक्षम हुनुपर्ने कम्पनीले जनाएको छ ।