काठमाडौं। सरकारले डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल विवाद जाँचबुझ आयोगको समय १५ दिन थप्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको समय १५ दिन थप्ने निर्णय गरेको हो।
प्रतिवेदन तयारीको काम पुरा नहुने भएपछि १५ दिन थप्ने निर्णय भएको हो। आयोगको समय शनिबार सकिँदैछ ।
थपिएको समयसहित चैत २५ गतेसम्म प्रतिपेदन तयार पार्नुपर्नेछ । सरकारले विवाद समाधानका लागि सर्वोच्च अदालतकाम पूर्व न्यायधिश गिरीशचन्द्र लालको संयोजकत्वमा कमिटी गठन गरेको छ ।