काठमाडौं। ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । निर्माण सम्पन्न भएको आयोजनाको बिजुली चैत १० गते शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो।
पाँचथर तथा ताप्लेजुङको सिमाना भई बहने इङवा खोलामा ९.७ मेगावाटको विद्युत शक्ति उत्पादन गरेर १६ किलोमिटर लामो ३३ केभि ट्रान्समिसन लाइनको माध्यमबाट कम्पनीको पावरहाउस आँपडाडावाट हिलिहाङ गाउँपालिका वडा नं १ मा रहेको नेपाल विद्युत प्राधिकरणको अमरपुर सबस्टेशनमा जडान गरिएको छ ।
२०७८ साल साउन २३ गतेबाट कम्पनीले यो आयोजना निमार्ण कार्य थालनी गरी मिति २०८० साल चैत्रमा निमार्ण कार्य पूरा गरेको हो। यो आयोजना निर्माण सम्पन्न गर्नका लागि एक सय ९४ करोड रुपियाँ लागत लागेको छ ।