काठमाडौं। ४२ मेगावाटको मोदी ए क्यास्केड आयोजनाको ‘लट १’ को ठेक्का दुई वटा कम्पनीले पाएको छ। उक्त ठेक्का चिनियाँ कम्पनी सिचुआन सुइटान कन्स्ट्रक्सन कम्पनी र नेपालको हाइ हिमालय कम्पनीको संयुक्त उपक्रम (जेभी) कम्पनीले पाएको हो।
अप्पर मोदी क्यास्केड अन्तर्गतका दुई आयोजना मध्ये पहिलो आयोजनाको ठेक्का लागेको हो। कम्पनीलाई उक्त आयोजनाको निर्माण प्याकेज मध्ये लट–१ अन्तर्गत्को सिभिल र मेकानिकाल निर्माणको ठेक्का २ अर्ब ४ करोड रुपैयाँमा दिइएको छ ।
अप्पर मोदी–ए ४२ मेगावाट र मोदी ए १८.२ (मेगावा) को विस्तृत डिजाइन २०७४ सालमा स्वीटजरल्यान्डको परामर्शदाता कम्पनी एएफ कन्सल्टले तयार पारेको थियो । त्यस मध्ये ४२ मेगावाटको आयोजना अघि बढाउन ठेक्का लागेको हो। उक्त आयोजना कास्की र पर्वतको सीमा भएर बग्ने मोदी खोलामा निर्माण हुने भएको छ।