रसुवा। रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टर्वाइन परीक्षण कार्य अन्तिम चरणमा छ । तीनवटा युनिटमध्ये दुईको सफल परीक्षण सम्पन्न बाँकी एउटाको पनि परीक्षण कार्य अन्तिम चरणमा पुगेको हो।
रसुवागढी नजिक भोटेकोशीमा बाँध बाँध्ने कार्य, बालुवा थिग्राउने, तीन पोखरी तथा रेडरेस एवं पेनस्टक सुरुङ र विद्युतगृहसमेतका संरचना सम्पन्न गरी जडान गरिएका सबै उपकरणको परीक्षणमा पूर्ण रूपको सफलता मिलेको बताइएको छ।
यस हाइड्रोपावरबाट वार्षिक रूपमा ६१ करोड ३८ लाख ६० हजार युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ। उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्दा वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदको याममा ८ रूपैयाँ ४० पैसा प्रतियुनिट प्राप्त हुने बताइएको छ ।
निर्माण गर्नुपर्ने सम्पूर्ण संरचना पूरा भइकेकाले टावर निर्माण सम्पन्न हुनासाथ रसुवागढीको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा लैजाने तयारी भइसकेको छ।