काठमाडौं। नेपाल र भारतबीच नियमित रूपमा हुँदै आएको विद्युत् आयात सम्झौता नवीकरण भएको छ। सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि भएको हो।
भारतको एक्सचेन्ज मार्केटबाट आगामी तीन महिनासम्म ५ सय ५४ मेगावाट विद्युत् आयात गर्ने गरी सम्झौता भएको हो।
एक वर्षका लागि हुनुपर्ने सम्झौता तीन महिनाका लागि मात्र नवीकरण गरेको भारतले विद्युत् परिमाण पनि घटाएको छ । त्यसमध्ये ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
अहिले नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ ।