काठमाडौं। मैलुङ्ग खोला जलविद्युत् कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साधारणसभा तथा लाभांश वितरण प्रयोजका लागि कम्पनीले बुक क्लोज गरेसँगै बिहीबार सेयर मूल्य समायोजन गरेको हो ।
बिहीबार नेप्सेले कम्पनीको २.२२११ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य ४६१ रुपैयाँ ७४ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । साताको अन्तिम कारोबार दिन बिहीबार दोस्रो बजारमा कम्पनीको सेयर प्रतिकित्ता ४७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
कम्पनीले काठमाडौँस्थित लैनचौर ब्याकेटमा १० औँ वार्षिक साधारणसभाका लागि चैत २९ गते बिहीबार बिहान ११ बजे सुरू हुने जानकारी दिएको छ ।