काठमाडौं। बूढीगण्डकी जलविद्युत् आयोजनाको पिपिएबारे सार्वजनिक सुनुवाई भोली हुने भएको छ। टाइम्स इनर्जी प्रालिले निर्माण गर्न लागेको ३४० मेगावाटको आयोजनाको पिपिएका लागि विद्युत् प्राधिकरणले आयोग समक्ष निवेदन दिएपछि त्यस उपर सार्वजनिक सुनुवाई गर्न लागेको हो।
सुनुवाई विद्युत् विकास विभागको सभाहलमा भोली दिउँसो १ देखि ३ बजेसम्म हुने छ । कार्यक्रममा उपभोक्ता, उद्योगी, व्यवसायी, स्थानीय बासिन्दा, प्रतिनिधिमूलक संस्थाहरू, स्थानीय तहका प्रतिनिधि तथा सबै सरोकारवालालाई बोलाइएको छ ।
सरोकारवालाहरूले लिखित रूपमा साथै आयोगको इमेल ठेगाना मार्फत आफ्ना राय, सुझाव तथा प्रतिक्रिया दिन सकिने पनि आयोगले जनाएको छ ।