फाइल तस्बिर
ताप्लेजुङ। २१.९ मेगावाटको काबेली–३ जलविद्युत् आयोजना र १२ मेगावाटको सुपर काबेली खोला ए क्यास्केटको सुरुङ मार्ग ‘ब्रेक थ्रु’ भएको छ। ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा निर्माणाधीन काबेली–३ को आइतबार बेलुका र सुपर काबेली ‘ए’को बिहीबार बेलुका ‘ब्रेक थ्रु’ भएको हो ।
मान्छेले हातले ड्रिल गरेर एक महिनामा १ सय ८० मिटरसम्म सुरुङ खनेको आयोजनाले जनाएको छ ।
१ हजार ८ सय ७४ मिटर लामो काबेली–३ सुरुङमार्गको निर्माण जेठ ११ गतेदेखि सुरु भएको थियो । काबेली हाइड्रोपावर कम्पनी प्रवर्द्धक रहेको यो आयोजनाले सिरिजंगा–५ पेदाङ, ६ मामांखे र ७ नम्बर वडा खेवाङसम्म भेट्छ ।
वडा नम्बर ७ खेवाङ र ८ याम्फुदिन भएर बग्ने सुपर काबेलीको सुरुङ निर्माण पुस २५देखि सुरु भएको थियो । हिल्टन हाइड्रो इनर्जी प्रवर्द्धक रहेको यो आयोजनाको सुरुङ १ हजार ८ सय ३७ मिटर रहेको छ ।
समग्रमा दुवै आयोजनाको काम ७० प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।