पर्वत। सडक बत्तीको लाइन काटेपछि कुश्मा नगरपालिकाले बाँकी महसुल भुक्तानी गरेको छ। नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले भुक्तानी नगरेको भन्दै लाइन काटेपछि नगरपालिकाले बाध्य भएर महसुल बुझाएको हो।
केन्द्रले गत चैत ४ गतेदेखि कुश्माबजार क्षेत्रको लाइन काटेको थियो ।
पटकपटक ताकेता गर्दा पनि नगरपालिकाले बक्यौता रकम भुक्तानी नगरेपछि बाध्य भएर विद्युत्को लाइन काटेको केन्द्रको भनाइ छ। नगरपालिकाले बक्यौतामध्ये ५० लाख भुक्तानी गरेको केन्द्रले जनाएको छ ।
विद्युत् प्राधिकरणको वितरण केन्द्रका अनुसार सडकमा जडान गरिएका बिजुलीबापत पालिकाले ७४ लाख बढी भुक्तानी दिन बाँकी थियो । नगरपालिका र विद्युत् प्राधिकरणबीच चार वर्षअघि सडक बत्तीसम्बन्धी सम्झौता भएअनुसार सडक बत्तीबापतको रकम नगरपालिकाले भुक्तानी गर्ने उल्लेख थियो ।