मकवानपुर। मकवानपुरका विभिन्न भागमा सञ्चालित एक सय एक साना सिँचाइ योजना पूरा भएका छन्।
बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा एक सय ९१ वटा योजना पूरा गर्ने लक्ष्य रहेकामा फागुनसम्ममा एक सय एक योजना सम्पन्न भएका हुन्।
एक सय ९१ योजनाका लागि रु ३८ करोड ९८ हजार विनियोजित रकममध्ये सम्पन्न भएका एक सय एस योजनामा रु १७ करोड ८९ लाख ४७ हजार ६५७ खर्च भएको छ ।
सम्पन्न योजनाअन्तर्गत नदी नियन्त्रणतर्फ चार वटा, सिँचाइसम्बन्धी ८० वटा, मझौला सिँचाइ योजना एक, तथा अन्य १५ वटा योजना सम्पन्न भएका छन् ।