काठमाडौं। १३९.२ मेगावाटको लोवर मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाका लागि ३३ अर्ब भन्दा बढीको लगानी स्वीकृत भएको छ। बिहीबार बसेको लगानी बोर्डको ५७औँ बैठकले १३९.२ मेगावाटको लोवर मनाङ मर्स्याङ्दीमा ३३ अर्ब ४१ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो।
उक्त परियोजनामा बुटवल पावर कम्पनीसहित सिचुवान प्रोभिन्सियल इन्भेष्टमेन्ट ग्रुप, छेन्दु सिनचेङ इन्भेष्टमेन्ट ग्रुप र कुइङ युआन इन्जिनियरिङ कन्सल्टेन्सी गरी ३ चिनियाँ कम्पनीको लगानी छ। यो आयोजनामा चिनियाँ कम्पनीको ८० प्रतिशत सेयर स्वामित्व छ। यो अर्ध–जलाशय आयोजना गण्डकीको अन्नपूर्ण संरक्षित क्षेत्रभित्र पर्दछ।