काठमाडौं। लगानी बोर्डले १६६ मेगावाटको सुपर तमोरका लागि साढे ३४ अर्ब लगानी स्वीकृत गरेको छ। लगानी बोर्डको बिहीबार बसेको ५७औँ बैठकले १६६ मेगावाटको सुपर तमोर जलविद्युत आयोजनाका लागि ३४ अर्ब ५९ करोड रुपैयाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको हो।
क्रिष्टल पावर डेभलपमेण्ट प्रालीले निर्माण गर्न लागेको उक्त जलविद्युत आयोजना ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ र ७ भएर बग्ने तमोर नदीमा निर्माण गरिने छ।
लगानी बोर्डले सुपर तमोरसहित चार वटा विद्युत आयोजनाका लागि ९९ अर्ब १८ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।