काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा)का राष्ट्रिय महाधिवेशन आयोजना समितिका संयोजक बावुराम भट्टराइले निम्छरो र कमजोर कम्पनीले बुढीगण्डकी आयोजना निर्माण गर्छ भन्नेमा आफूलाई शंका लागेको बताएका छन्। बिहीबार गृहजिल्ला गोरखामा संचारकर्मीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यस्तो बताएका हुन्।
उनले भने, ‘मलाई लाग्छ राष्ट्रिय गौरवको आयोजनाको रुपमा भन्दा पनि विपरीत छ, निम्छरो, कमजोर कम्पनीले बहुउदेश्यीक यति ठुलो आयोजना सम्पन्न गर्न सक्छ जस्तो लाग्दैन।’ उनले राजनितिक अस्थिरता र सरकार परिवर्तनसँगै शुन्यबाट सुरु गर्ने प्रचलनले बुढीगण्डकी योजना तुहाउने भयो भन्ने आशंका लागेको बताए ।
भट्टराईले भने, ‘लगानीको मोडालिटि आदिको कुरा गर्नुभएको छ, पुरै डिटेल हेर्न बाँकी छ। बाहिर आएको कुरा हेर्दा बेलामा सम्पन्न होला जस्तो लाग्दैन, बुढीगण्डकी आयोजना उहाँहरुले तुहाउनुभयो भन्ने आशंका लाग्छ, यो बढो दुखद कुरो छ ।’