गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत् आयोजना चाँडै शिलान्यास हुने जानकारी दिएका छन्। प्रधानमन्त्री प्रचण्डले शुक्रबार गोरखामा पत्रकारहरूसँग कुरा गर्दै बूढीगण्डकी आयोजना चाँडै शिलान्यास हुने बताएका हुन्।
आफूले सम्बन्धित निकायलाई छिटो काम गर्न निर्देशन दिएकाले चाँडै शिलान्यास हुने उनको भनाइ छ। गोरखा जिल्लाको विकास निर्माणमा आफूले विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार र पार्क निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट व्यवस्था गर्ने जानकारी दिए।
देशमा सुशासन एवं सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण काम भएको पनि प्रधानमन्त्री प्रचण्डले दाबी गरेका छन् ।