काठमाडौं। २१६ मेगावाटको बझाङ माथिल्लो सेती अर्धजलाशय (पिआरओआर) आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन समेत तयार पारिएको छ। बझाङमा २१६ मेगावाटको आयोजना निर्माणका लागि प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले इआइए तयार गरि स्वीकृतिका लागि विद्युत् विकास विभागमा पेश गरेको हो।
विभागले ऊर्जा मन्त्रालयमार्फत उक्त इआइए प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातारण मन्त्रालयमा पठाएको छ । वातावरण मन्त्रालयले हाल उक्त इआइएमाथि सरोकारवालाहरूबाट राय सुझाव माग गर्दै सार्वजनिक सूचना जारी गरेको छ । इआइए प्रतिवेदन स्वीकृत भएपछि प्रवर्द्धक कम्पनीले आयोजनाले उत्पादन अनुमति पत्र प्राप्त गर्ने छ।
कम्पनीले आयोजनाको सर्वेक्षण अनुमति पत्र भने २०७५ साउन १५ गते प्राप्त गरेको थियो । सर्वेक्षण सकेर कम्पनीले २०८० साउन १२ गते उत्पादन अनुमति पत्रका लागि विभागमा आवेदन दिएको थियो ।