काठमाडौं। चितवनको माडी नगरपालिकामा विद्युत पुर्याउन भूमिगत लाइन निर्माण गरिने भएको छ। नेपाल विद्युत् प्राधिरकणले माडीमा बढ्दो विद्युत् माग र हालको आपूर्ति गुणस्तर सुधार गर्न वैकल्पिक भूमिगत लाइन निर्माण परियोजना अघि बढाएको हो।
खास गरी जगतपुर माडी ३३ केभि सब प्रसारण लाइनको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ७.५ किलोमिटर भूमिगत लाइन खण्डको दोस्रो सर्किटको रुपमा प्राधिकरणले ८.०५ किलोमिटर भूमिगत लाइन निर्माण अघि बढाएको हो ।
हालको सिंगल सर्किट भूमिगत लाइनको कुल विद्युत् भार क्षमता कुल २.४ मेगावाट रहेको त्यसमा पनि पटक पटक प्राविधिक समस्या आउँदा माडी क्षेत्रमा विद्युत् प्रावहको गुणस्तर निकै खस्किएको भन्दै प्राधिकरणले दोस्रो सर्किट निर्माण अघि बढाएको जनाएको छ ।