काठमाडौं। चितवनका १३ वटा सेवा प्रदायक कम्पनीहरुले नेपाल विद्युत प्राधिकरणलाई पोलभाडा बुझाएका छन्। चितवनमा हालसम्म १३ वटा कम्पनीले प्राधिकरणलाई करिब ८१ लाख रुपैयाँ बराबरको पोलभाडा सम्झौता गरेका हुन्।
प्राधिकरणका अनुसार चित्रवन युनिक केबलले मात्र ३० लाख ५५ हजार रुपैयाँ तिरेर पोलभाडा सम्झौता गरेको छ। त्यसैगरी सुविसु केबल नेटले पनि २२ लाख २४ हजार रुपैयाँ तिरेर पोल भाडा सम्झौता गरेको छ।
चितवनको अन्य कम्पनीहरुले भने २५ हजार देखि ६ लाख ६१ हजार रुपैयाँ सम्म तिरेर पोल भाडा सम्झौता गरेका छन्।
