काठमाडौं। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा ९११ किलोवाटको जलविद्युत् आयोजना निर्माण हुने भएको छ । उक्त स्थानमा आमादब्लम मिनी जलविद्युत् आयोजना निर्माण हुने भएको हो।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तगत मिनी ग्रिड इनर्जी एक्सेस प्रोजेक्टको सहयोगमा आमादब्लम मिनी हाइड्रो लिमिटेडले आयोजना निर्माण गर्ने भएको हो ।
आयोजनामा ४८५ क्षमताका २ वटा टर्वान जोडी ६५० किलोभोल्टका दुई जनेरेटरमार्फत विुद्युत् उत्पादन गर्ने गरी डिजाइन गरिएको छ। आयोजना सञ्चालनमा आएपछि हालसम्म राष्ट्रिय ग्रिडको बिजुली नपुगका उक्त स्थानका स्थानीय लाभान्वित हुने अपेक्षा गरिएको छ ।
कुल ६१ करोड ८९ लाख लगानी अनुमान गरिएको उक्त आयोजना वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले १२ करोड ८३ लाख रुपैयाँ अनुदान दिने भएको छ ।