काठमाडौं। कोशी प्रदेश सरकारका तीन जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नारायणबहादुर मगर, सामाजिक विकासमन्त्री राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले पदबाट राजीनामा दिएका हुन्।
तीनै जना मन्त्रीले सामूहिक रुपमा राजीनामा दिएको मुख्यमन्त्रीका सञ्चार सल्लाहकार देवनारायण साहले जानकारी दिएका छन् ।
यसैगरी कोशी प्रदेश सरकारले कोशी प्रदेससभाको पाँचौं अधिवेशन आगामी जेठ ११ गते बिहान ११ बजे बस्ने निर्णय गरेको छ ।