काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत् उद्योगमा समस्या जन्माउने सरकारको उद्देश्य नभएको स्पष्ट पारेका छन्।
इप्पानले सोमबार आयोजना गरेको वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया र दीर्घकालीन महत्व विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सरकारको जलविद्युत् उद्योगमा समस्या जन्माउने उद्देश्य नभएको बताएका हुन्।
उनले सरकारले केही गरेन भनेर बाहिर बहस र छलफल गर्ने भन्दा पनि एकआपसमा समन्वय गरी समाधानको बाटोमा जानु आजको आवश्यकता भएको बताए।
जलविद्युतको विकासका लागि समस्या बल्झाउने र जन्माउने मात्रै नभएर समस्या बाँकी राख्ने उद्देश्य सरकारको नभएको उनको भनाइ थियो।
जलविद्युत् क्षेत्रमा देखिएका नीतिगत, वन तथा वातावरण क्षेत्रमा देखिएका समस्या समेत समाधान गरेर लैजाने सरकारको योजना रहेको उनले बताए।
उनले सरकार र निजी क्षेत्रबीद्ब आरोप प्रत्यारोप गर्नुभन्दा पनि आपसी समन्वय गरेर जाँदा मात्रै जलविद्युतको विकास हुने बताए।