जुम्ला। जुम्लाको डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध भएको छ। विद्युत् उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि विद्युत आपूर्ति अवरुद्ध भएको हो।
गत असारमा पहिरो गएपछि चर्किएको नहर समयमै मर्मत नभएपछि चैत २४ गतेदेखि पूर्ण रूपमा विद्युत् सेवा अवरुद्ध भएको बताइएको छ।
भत्केको नहर मर्मत गर्न छ लाख बजेट आवश्यक पर्ने प्राविधिकले बताएका छन् । विद्युत् अवरुद्ध हुँदा पालिकाका–४, ५ र ६ वडाका करिब आठ सय घर विद्युत् सेवाबाट वञ्चित भएका छन् ।