चितवन। चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेको छ। उक्त दुर्गम ठाउँको मायाटार गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेको हो।
नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण विस्तार गरी यो गाउँमा विद्युत पहुँच पुर्याएको हो। पहिलो पटक गाउँमा विद्युत पुगेपछि अब अन्धकारको युग अन्त्य भएको स्थानीयले बताए।
विद्युत् सेवा पुग्न बाँकी मायाटार, रमाइलो डाँडा, तेर्सेगाउँ, डाँडागाउँ, हेप्चे र घुर्केसलगायत एक सय घर बढीमा बिजुली पुगेको गाउँपालिकाले जनाएको छ।