काठमाडौं। तामाकोसी–बाह्रबीसे–काठमाडौं ४०० केभी प्रसारण लाइनको पहिलो खण्डको काम अन्तिम चरणमा पुगेको छ।
तालिका अनुसार काम भएमा आउँदो असारदेखि सिन्धुपाल्चोकको बाह्रबीसेबाट खिम्ती हुँदै विद्युत तराई र काठमाडौँसम्म पुग्ने सम्भावना रहेको आयोजनाले जनाएको हो।
यो खण्डमा अब ७ वटा मात्र टावर उठाउन बाँकी रहेको छ। प्रसारण लाइनको कुल ११८ वटा टावर निर्माण गर्नुपर्नेमा १११ वटा उठाएर लाइन तान्ने काम भइरहेको छ ।
सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रमा ५ वटाको जग तयार गर्ने र टावर उठाउने काम जारी रहेको आयोजनाले जनाएको छ।