बागलुङ। बागलुङको गलुवा–भकुण्डे सडक कालोपत्र गरिने भएको छ। २०६० सालमा ट्र्याक खोलिएको उक्त सडकको बल्ल कालोपत्र गरिने भएको हो।
जनश्रमदान र चन्दा उठाएर खनेको सडक कालोपत्र हुन लागेपछि स्थानीयवासी हर्षित छन् । बागलुङ नगरपालिका र सङ्घीय सरकारको समपुरक बजेटमा सडक कालोपत्र गर्न लागिएको हो । गलुवा–काउले–देउराली सडक अन्तर्गत रहेको ६ किमि सडकमध्ये पहिलो चरणमा तीन किमि सडक कालोपत्रको अन्तिम तयारीमा पुगेको छ ।
बागलुङ नगरपालिकाको ५ करोड रुपैयाँ र संघीय सरकारको ५ करोड रुपैयाँ १० करोड रुपैयाँ लागत अनुमान गरिएको सडक ७ करोड २९ लाखमा केबी पूर्णचण्डी ताण्डवेश्वर जेबीसँग २ वर्षमा काम सक्ने गरी २०८० जेठ १९ गते सम्झौता भएको थियो।