काठमाडौं। सरकार र दुई ठुला जलविद्युत् आयोजना माथिल्लो अरुण र दुधकोशीका प्रस्तावित लगानीकर्ताबीच छलफल भएको छ।
बिहीबार अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र विश्व बैङ्क र एसियाली विकास बैङ्कबिच आयोजना निर्माणबारे छलफल भएको हो।
छलफलमा दुवै आयोजनाको वित्तीय व्यवस्थापन छिटो सकेर निर्माणको काम अघि बढाउने सहमति भएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ ।