फाइल तस्बिर
इलाम। माइजोगमाई गाउँपालिकामा एकैपटक ६ वटा सिँचाइ आयोजनाको निर्माण सुरु गरिएको छ। माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ अन्तर्गत एकैपटक ६ वटा सिँचाइ आयोजना सुरु भएको हो ।
चालु आर्षिक वर्षमा सम्पन्न हुने गरी ३ करोड ८३ लाख १५ हजार ६६० रुपैयाँ लागतमा ६ वटा सिँचाइ आयोजनाको काम धमाधम भइरहेको छ। ड्याम र पक्की कुलो धमाधम निर्माण भइरहेको छ ।
माईजोगमाई गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं १ मा दुईवटा, वडा नं २ मा एउटा र वडा नं ५ मा तीनवटा सिँचाइ योजना निर्माण भइरहेका छन् ।