काठमाडौं। डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय आयोगका सदस्यले सपश ग्रहण गरेका छन्।
आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश गिरिशचन्द्र लालले नवनियुक्त दुई सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा जलस्रोत तथा सिँचाइ सचिव सरिता दुवाडी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालको नेतृत्वमा तीन सदस्यीय छानबिन आयोग गठन गरेको थियो । आयोगका सदस्य भने पटकपटक परिवर्तन गरिएका छन् ।