काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले गणतन्त्र आएपछि १५ वर्षमा २ हजार ५०० मेगावाट विद्युत उत्पादन भएको बताएका छन्।
जिल्ला समन्वय समिति दोलखाले काठमाडौँमा आयोजना गरेको ‘दोलखाका जलविद्युत् आयोजनाहरूबाट प्राप्त अवसर, समस्या र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले लामो समय अलमलमा बसे तापनि गणतन्त्र आएपछि १५ वर्षमा २ हजार ५०० मेगावाट विद्युत उत्पादन भएको बताएका हुन्।
उनले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य पूरा भएरै छाड्ने दाबी समेत गरेका छन् । जलविद्युत् आयोजनाहरू निर्माण र उत्पादन बढ्दै गएकोले विगतको ११३ वर्षमा जेजति प्रगति भए पनि अब गुणात्मक रूपमा विद्युत् क्षेत्रको विकास हुने उनको दाबी छ ।
अबको चुनौती विद्युत खपत बढाउनुमा रहेको भन्दै उनले विगतमा आयत बढ्ने गरेकोमा यो वर्षदेखि खरिदभन्दा बिक्री बढ्ने विश्वास गरे ।