काठमाडौं। हिमाल पावर लिमिटेड र सरकारको संयुक्त लगानीमा छुट्टै कम्पनी स्थापना हुने भएको छ। चाँडै संयुक्त कम्पनी बनाउने गरी छलफल चलिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिएका हुन्।
दोलखामा प्रसारण लाइनको समस्या नहुने भन्दै मन्त्री बस्नेतले यसका लागि खिम्ती–१ जलविद्युत् आयोजनाको प्रवर्द्धक हिमाल पावर लिमिटेड र सरकारको संयुक्त लगानीमा छुट्टै कम्पनी स्थापना हुने जानकारी दिएका हुन् ।
उक्त कम्पनीमा दोलखा र रामेछापबासीका लागि सेयर लगानी सुनिश्चित हुने समेत उनले बताए। चाँडै संयुक्त कम्पनी बनाउने गरी छलफल चलिरहेको उनको भनाइ छ ।
हिमाल पावरसँग डलरमा भएको पिपिएको अवधि ४ वर्षअघि नै सकिएको र अब चाँडै खिम्ती–१ को ५० प्रतिशत स्वामित्व सरकारको नाममा आउने मन्त्री बस्नेतले जानकारी दिए।