काठमाडौं। खिम्ती–ढल्केबर ४०० केभी प्रसारण लाइन बन्ने भएको छ। एक कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती–ढल्केबर ४०० केभी प्रसारण लाइन बन्ने बताएका हुन्।
घिसिङले २२० केभी खिम्ती–ढल्केबर प्रसारण लाइनले अहिलेको विद्युत भार थेग्न नसक्ने भएकोले भविष्यमा उत्पादन हुने विद्युत् आयोजनाहरूलाई लक्षित गरी अर्को हाइभोल्टेज प्रसारण लाइन बनाउन लागेको बताए । २२० केभीको खिम्ती–ढल्केबर प्रसारण लाइन ६ वर्षअघि मात्रै सञ्चालनमा आएको थियो ।
दोलखा, रामेछाप र ओखलढुंगामा निर्माण हुने जलविद्युत आयोजनालाई लक्षित गरी खिम्तीमा ४०० केभिए क्षमताको सबस्टेसन बनेको छ। हाल खिम्ती–बाह्रबिसे–काठमाडौं ४०० केभी प्रसारण लाइन निर्माणाधीन अवस्थामा छ।