काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर रहेको बताएका छन् । नेपाल उद्योग परिसङ्घको २१ औं वार्षिकोत्सवमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्री सुधार गर्न सरकार गम्भीर भएर लागिपरेको बताएका हुन्।
प्रधानमन्त्रीले अर्थतन्त्रमा रहेको समस्या समाधान गर्न सक्ने पूर्ण क्षमता सरकारमा रहेको दाबी समेत गरेका छन्।
प्रधानमन्त्रीले निजी क्षेत्रको समस्या अर्थतन्त्रकै समस्या भएको बताएका छन् । उनले लगानीमैत्री वातावरण निर्माण र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको दाबी गरे ।
यस्तै, उनले अर्थतन्त्रको सवलीकरण मात्रै नभई देखिने गरी नयाँ उत्साह र सन्देश प्रवाह गर्ने तयारीमा सरकार लागि परेको बताए ।