दाङ। दाङको सम्राट सिमेन्टको बिजुली काटिएको छ। चौधरी ग्रुपको ५१ प्रतिशत शेयर रहेको सम्राट सिमेन्टले बिजुली महशुल नबुझाएपछि मंगलबारदेखि बिजुली काटिएको हो।
नेपाल विद्युत प्राधिकरण लमही बितरण केन्द्र अन्तर्गत सम्राट सिमेन्ट उद्योगले करिब ६ करोड रुपैयाँ विद्युत महशुल बुझाउन बाँकी रहेपछि लाइन काटिएको वितरण केन्द्रले जनाएको छ।