चितवन। चितवन राष्ट्रिय निकुञ्जभित्र विद्युतको भूमिगत तारमा समस्या आएको छ। राष्ट्रिय निकुञ्जभित्र सोमबार राति भूमिगत तार पड्किएको हो।
तार पड्किपछि माडी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुन पुगेको छ।
अरुद्ध सेवा मर्मतपछि मंगलबार साँझ ५ बजेपछि सञ्चालनमा आए पनि बुधबार बिहान केबल पुनः पड्किएपछि विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले जनाएको छ।