म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको छ । पोल गाडेको ४ वर्षपछि बल्ल राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको हो।
नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने ३३।११ केभी प्रसारण लाइन विस्तार गरी यो गाउँमा विद्युत पहुँच पुर्याइएको हो ।
बिजुली बलेपछि घरायसी काम गर्न, बालबालिकालाई पढ्न, उद्यम व्यवसाय सञ्चालन गर्न, इन्टरनेट, कम्प्युटर, ल्यापटप चलाउन, टिभी हेर्न, मोबाइल चार्ज गर्न, रेडियो सुन्न सहज भएको स्थानीयले बताए।