फाइल तस्बिर
चितवन। चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। गाउँपालिका र दातृ संस्थाको लगानीमा बहत्तर मिटर लामो पुल निर्माण भएको हो।
पुलले इच्छाकामना–१ को थाप्राङ–तिपाङलाई जोडेको छ। पुल निर्माणपश्चात् स्थानीयलाई बाह्रै महिना आवतजावत गर्न सजिलो हुने भएको छ।
चेपाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा पुल निर्माणपछि जनजीवन सहज भएको छ।
इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले थाप्राङ–तिपाङ क्षेत्रका नागरिकको सांस्कृतिक सम्बन्ध जोडिएको उल्लेख गर्दै पुलले उनीहरुलाई थप नजिक बनाएको बताए ।