फाइल तस्बिर
काठमाडौं। माथिल्लो अरुण र दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टीबीएम) प्रयोग गरिने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले सुरुङ खन्न टीबीएम प्रयोग गर्ने तयारी सुरु गरेको हो।
यसअघि टीबीएममार्फत भेरी बबई र सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सुरुङ खन्दा सफल र प्रभावकारी देखिएपछि माथिल्लो अरुण र दूधकोसी जलविद्युत् आयोजनामा पनि सोही प्रविधिलाई प्रयोग गर्न खोजिएको हो।
अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको मुख्य सुरुङको लम्बाइ ८.४ किलोमिटर छ । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङको लम्बाइ १३ किलोमिटर छ । निर्माणको अधिकांश समय खर्च हुने जलविद्युत् आयोजनाहरुको सुरुङ हाल ड्रिलिङ गरी विस्फोटक पदार्थको प्रयोग गरी विस्फोट गराएर निर्माण हुँदै आएको छ ।