काठमाडौं। शनिबारदेखि मंगलबारसम्म तीन दिन काठमाडौंका विभिन्न स्थानको विद्युत आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको तार परिवर्तन गर्ने भएकाले विद्युत अवरुद्ध हुने भएको हो।
सीतापाइला (कुलेश्वर वितरण केन्द्र) मा शनिबार, सोमबार र मंगलबार र इचड्गु फिडर र एलटी लाइन फिडर (बालाजु वितरण केन्द्र)मा आइतबार विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।