काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयू) को स्पिनअफ कम्पनी कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सबीच नेपालमा ग्रीन हाइड्रोजन व्यावसायिक परियोजना अगाडि बढाउन सहकार्य हुने भएको छ।
चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ को दोस्रो दिन दुई कम्पनीबीच यससम्बन्धी सम्झौता भएको हो।
केयूको ग्रीन हाइड्रोजन ल्याबलाई प्रतिनिधित्व गर्दै कन्सियस इनर्जीले आफ्नो अनुसन्धान तथा विकास सम्बन्धी विशेषज्ञता योगदान गर्नेछ। र ऊर्जा डेभलपर्सले परिचालन सम्बन्धी अनुभव र लगानी योगदान पु¥याउने छ ।
ऊर्जा डेभलपर्स सेयरधनीका रूपमा कन्सियस इनर्जीमा लगानी गर्ने र यसलाई व्यावसायिक परियोजनामा ठूलो लगानी आकर्षित गर्ने सार्वजनिक कम्पनीको रूपमा विस्तार गर्ने अपेक्षा गरिएको छ ।