काठमाडौं। माथिल्लो चिरख्वा खोलाको विद्युत तुम्लिङटार सबस्टेसनमा जोडिएको छ। चिरख्वा हाइड्रो पावर लिमिटेडले निर्माण गरेको ४.७ मेगावाटको आयोजनाबाट उत्पादित विद्युत् संखुवासभाको तुम्लिङटार सबस्टेसनमा जोडिएको हो।
भोजपुरको षडानन्द नगरपालिकामा निर्माण भएको आयोजनाको विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत तुम्लिङटार पुर्याइएको हो। आयोजनाबाट वैशाख १३ गतेदेखि उक्त सबस्टेसनमा जोडिएको जानकारी दिएको छ।
सबस्टेसनसम्म जोड्नुअघि नेपाल विद्युत् प्राधिकरणको कमिसनिङ टोलीले परीक्षण सम्पन्न गरेको थियो।