काठमाडौं। उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सब स्टेसन र मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनको आज उद्घाटन हुँदैछ।
काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा दिउँसो साढे २ बजे सब स्टेसन र प्रसारण लाइनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने भएका हुन्।
त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मातातीर्थ २२० केभी सब स्टेसन निर्माण गरिएको हो।