काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न पाँच वटा स्थानमा पाँच दिनसम्म विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको ५ ठाउँमा दैनिक ४ घण्टाका दरले विद्युत् काटिने जनाएको हो।
कुलेश्वर वितरण केन्द्र अन्तर्गतको विद्युतीय वितरण लाइन भूमिगत गर्ने कामका लागि विद्युत् काटिने भएको प्राधिकरणले जनाएको छ। विद्युत बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अवरुद्ध हुने बताइएको छ।
वैशाख १६ गते रिंग मेन र कालीमाटी फिडर अन्तर्गत सोल्टी मोडदेखि रविभवनसम्मको क्षेत्र विद्युत् काटिएको छ भने वैशाख १७ गते बलम्बु र थानकोट फिडर रहने भएकाले नैकापदेखि बलम्बुसम्मको क्षेत्रमा विद्युत् काटिएको छ।
वैशाख १८ गते कालीमाटी फिडर र त्यसदिन रविभवनदेखि कलंकी चोकसम्मको क्षेत्रमा लाइन काटिने छ ।वैशाख २० गते भने बलम्बु र थानकोट फिडरका दिन नैकापदेखि बलम्बु सम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहने छ ।
त्यस्तै थानकोट र मातातीर्थ फिडर वैशाख २१ गते हुने र त्यसदिन हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् काटिने प्राधिकरणले जनाएको छ ।