काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। मंगलबार भारतीय आयल कर्पोरेश (आइओसी) ले मंगलबार नयाँ मूल्य पठाएपिछ बुधबार बिहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो।
डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाइएको।
मूल्य समायोजनपछि डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५६.५० रुपैयाँ पुगेको छ। दोस्रो वर्गका लागि यो मूल्य प्रतिलिटर १५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५९ रुपैयाँ भएको छ।
निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले वृद्धि गरेको छ।
मूल्य बढेसँगै हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर १३७ र हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिलिटर अमेरिकी डलर १.०४२ पुगेको छ। पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।