पर्वत। पर्वत जिल्लाको फलेवास नगरपालिका–२ थापाठानामा विद्युतीय चुल्हो वितरण गरिएको छ। रोटरी क्लब अफ पोखरा फिस्टेलको सहयोगमा वडाका ६०० घरमा विद्युतीय चुल्हो वितरण गरिएको हो।
ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको आयोजनामा भएको एक कार्यक्रमबीच रोटरी क्लब अफ पोखरा फिस्टेललगायत संस्थाको सहयोगमा विद्युतीय चुल्हो वितरण गरिएको हो ।
सबै घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएसँगै वडा नं २ लाई प्रदूषण मुक्त भान्छासहितको वडा घोषणासमेत गरिएको छ ।
सामाजिक सेवामा सक्रिय रोटरी क्लबले विविध शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्ने सिलसिलामा थापाठाना गाउँमा विद्युतीय चुल्हो वितरण गरेको रोटरी क्लब अफ पोखरा फिस्टेलका डिष्ट्रिक गभर्नर नोमिनी विनोद कोइरालाले जानकारी दिए।