काठमाडौं। कार्गो लिएर आएको क्याथे प्यासिफिकको एयरबस ३३० जहाजमा प्राविधिक समस्या आएपछि पुनः हङकङ फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जहाजमा प्राविधिक समस्या आएपछि पुनः हङकङ डाइभर्ट भएको हो।
डाइभर्ट भएको यो कार्गो उडान शनिबार हुने नेपालका लागि जेनरल सेल्स एजेन्ट अमरावती ट्राभलले जानकारी दिएको छ। कम्पनीका सीइओ जुगेश श्रेष्ठका अनुसार क्याथे प्यासिफिकले साताको मंगलबार र शुक्रबार गरी दुईवटा कार्गो उडान गर्दै आएको छ।
हङकङ-नेपाल उडान दुरी साढे चार घण्टाको रहेको छ। ७ डिसेम्बरबाट नियमित उडान गर्ने योजना रहेपनि सरकारले अफ्रिकाको सातवटा मुलुकसहित हङकङको वायुसेवा कम्पनीलाई उडान प्रतिबन्ध गरेसँगै रोकिएको उनले बताए।
सरकारले उडान खुला गरे साताको पाँचवटा नियमित उडान सुरु गर्ने योजना रहेको उनले जानकारी दिए। यस अघि नेपाल उडान गर्दै आएको क्याथे ड्रागन बन्द भएपछि प्यासिफिकले उडान गर्दै आएको छ।